रुसले पनि अमेरिकालाई पुर्यायो आणविक असर

रुसले पनि अमेरिकालाई पुर्यायो आणविक असर
सुन्नुहोस्

रुसले संयुक्त राज्य अमेरिकामाथि युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । प्रतिबन्धले युरेनियमका लागि रुसमाथि निर्भर अमेरिकाको आणविक ऊर्जामा गम्भीर असर पर्ने सम्भावनातर्फ औंल्याइएको छ । 

यसअघि गत मेमा अमेरिकी राष्ट्रपति जो बाईडेनद्वारा अनुमोदित कानुनमा सन् २०४० सम्म रुसी युरेनियम आयातमा प्रतिबन्ध लगाइने उल्लेख थियो । अमेरिकाले १६ वर्षपछि खरिद नगर्ने रोडम्यापअघि नै रुसले उक्त निर्णय गरेको हो।

अमेरिकाले यो वर्ष ५७४ मिलियन डलर बराबरको युरेनियम खरिद गरेको बताइन्छ । युक्रेन युद्धपछि अमेरिकाले रुसमाथि लगाएको आर्थिक नाकाबन्दी जारी छ ।

टिप्पणीहरू