अमेरिकी विशेष दूतले चाखिन् काठमाडौंको मःमः

अमेरिकी विशेष दूतले चाखिन् काठमाडौंको मःमः

नेपाल भ्रमणमा रहेकी अमेरिकी विशेष दूत एबी फिनकेनाउरले काठमाडौंमा पहिलो पटक मःमः को स्वाद लिएकी छन् । युवा मामिलासम्बन्धी विशेष दूत फिनकेनाउरले पहिलो पटक गरेको दक्षिण एशिया भ्रमणको क्रममा मःमःको स्वाद लिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

गत बिहीबार श्रीलंका हुँदै काठमाडौं आएकी उनले नेपाली युवा नेतृत्वकर्ताहरूसँग राजनीतिमा युवाको सहभागिताबारे अनुभव र विचार आदानप्रदान गरेको बताइन्छ । त्यस्तै मानसिक स्वास्थ्य र सामाजिक सञ्जालको चुनौतीहरूबारे पनि छलफल भएको छ । 

भ्रमणको क्रममा विद्यार्थीहरूसँग अन्तर्कृया, कीर्तिपुरमा नवीन कार्यशालामा सहभागिता र युवा केन्द्रित अमेरिकी विदेश नीतिको प्राथमिकताबारे आदानप्रदान भएको जनाइएको छ ।

तस्बिरहरुः

​​​​​​​

टिप्पणीहरू