नेपाल टेलिकमको सेवा फेरि अवरुद्ध

नेपाल टेलिकमको सेवा फेरि अवरुद्ध

नेपाल टेलिकमको सेवा आज पनि अवरुद्ध भएको छ । बिहान ११ बजेको समयमा जीएसएम मोबाइल सेवा र यसको डेटा सेवा प्रभावित भएको बताइएको छ ।

झण्डै आधा घण्टासम्म टेलिकमको नेटवर्कबाट फोन नलागेको र मोबाइल डेटा नचलेको बारे आवश्यक अध्ययन भइरहेको जनाइएको छ । टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार आधा घण्टापछि पुनः सेवा सुचारु भएको हो ।

यसअघि असोज २३ गते पनि कम्पनीको मोबाइल सेवा अवरुद्ध भएको थियो ।

टिप्पणीहरू