टेलिकम अगाडि एकाबिहानै सरकारविरुद्ध नारा
नेपाल टेलिकमका सरसफाई श्रमिकले आज पनि विरोध प्रदर्शन जारी राखेका छन् । आफूहरुलाई जबर्जस्ती कामबाट निकालिएको भन्दै कात्तिक १२ गतेदेखि आन्दोलित सफाई कर्मचारीहरुले आज टेलिकम कार्यालय अगाडि धर्ना दिएका हुन्।
बबरमहलस्थित टेलिकम कार्यालय जाने मूल गेटको छेउमा उनीहरुले बिहानैदेखि धर्ना दिइरहेका छन् । अखिल नेपाल सरसफाई मजदुर संघ, टेलिकम ईकाइ समितिकी अध्यक्ष लक्ष्मी सारु मगरको नेतृत्वमा दुई दर्जनको संख्यामा उपस्थित निष्कासित कर्मचारीले सरकार र टेलिकमविरुद्ध चर्को नारा लगाएका छन् ।
सोक्रममा उनीहरुले 'संसारका मजदुर एक हौँ', 'श्रमिकहरुलाई सम्मान गर', 'ठेकेदारी प्रथा बन्द गर', 'नेपाल टेलिकम खबरदार', 'खड्ग ओली सरकार खबरदार', निष्कासित कर्मचारीको पुनर्वाहाली गर', जस्ता नारा लगाएका छन् ।
टिप्पणीहरू