रवि छुटाउन रास्वपाले सात मीनेट घण्टी बजाउने

रवि छुटाउन रास्वपाले सात मीनेट घण्टी बजाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घण्टी बजाएर सरकारको विरोध गर्ने भएको छ । 

भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोधको विरोधमा आज साँझ ७ बजे खबरदारी घण्टी बजाउन रास्वपाले नेता–कार्यकर्तालाई आह्वान गरेको हो । आफ्नो घरमा र सम्भव हुने टोल–चोकमा जम्मा भएर सात मिनेट घण्टी बजाउन आग्रह गरिएको छ । 

त्यसैगरी, घण्टी बजाउँदै गरेको तस्बिर, भिडियो सामाजिक सञ्जालमा शेयर गर्न भनिएको छ । 

‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोधविरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा, चोकमा जम्मा भई सात मिनेट खबरदारी घण्टी बजाउन सबैमा अनुरोध गर्दछौं’,सूचनामा भनिएको छ,‘घण्टी बजाउँदै गरेको फोटो, भिडियोहरु सामाजिक सञ्जालमा अपलोड गरी सामाजिक सञ्जालबाट समेत खबरदारी गर्न अपिल गर्दछौं ।’

रास्वपाले सभापति रवि लामिछाने पक्राउलाई राजनीतिक प्रतिशोध दाबी गर्दै आएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई छोड्नुपर्ने माग गर्दै रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्दैछ ।
 

टिप्पणीहरू