गुहार लगाउँदै सहकारी पीडित सडकमा

गुहार लगाउँदै सहकारी पीडित सडकमा

सहकारी पीडितहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा पीडितहरुले आज काठमाडौँका विभिन्न स्थानमा जुलुससहित प्रदर्शन गरेका हुन् । 

सोह्रखुट्टे, चावहिल, गठ्ठाघर, पुल्चोकका स्थानबाट निकालिएको र्याली माइतीघर पुगेर बृहत प्रदर्शनमा परिणत भएको छ । निक्षेप फिर्ताको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरुले ‘घर–घडेरी, जग्गा–जमिन बेचि जम्मा गरिएको बचत सहकारीको नाउँमा लुटियो गुहार ! गुहार !’ लेखिएको प्लेकार्ड देखाएका छन् । 

त्यस्तै, ‘सहकारी पीडितको बचत रकम फिर्ता नदिएर उपचार गर्न नदिएर मार्यो गुहार ! गुहार !’, ‘सहकारी ठग र दलाल कर्मचारी र भ्रष्ट सरकार मूर्दावाद’, ‘सहकारी ठगको तीन पुस्ते सम्पत्ति जफत गर’, ‘भ्रष्ट सरकार होसियार, वित्त पीडितलाई न्याय दे’, ‘तानाशाही सरकार मुर्दावाद, कम्बोडिया काण्ड छानबिन गर’, लगायत लेखिएका प्लेकार्ड पनि देखाइएको छ ।

तस्बिरहरु

टिप्पणीहरू