पहिले पशुपति,मुक्तिनाथबाट फर्केलगत्तै मानार्थ सेनापति

पहिले पशुपति,मुक्तिनाथबाट फर्केलगत्तै मानार्थ सेनापति
सुन्नुहोस्

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा छन् । उनी पाँच सदस्यीय टोलीका साथ एअर इण्डियाको उडान नम्बर एआई २१५७ मा पौने २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा आएका सेनाध्यक्ष विमानस्थलबाट सोझै कालिमाटीस्थित होटल सोल्टीमा पुगेका छन् । यसअघि विमानस्थलमा उनलाई उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका थिए ।

आज बेलुकी पशुपतिनाथ र भोलि बिहान पोखरा हुँदै हेलिकोप्टरमा मुक्तिनाथ दर्शन गर्न जाने कार्यक्रम छ । मुक्तिनाथबाट फर्केपछि भोलि राष्ट्रपति तथा सेनाका परमाधिपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्ने बुझिएको छ ।

भारतीय सेनाध्यक्षको सम्मानमा आज बेलुकी ललितपुरको झम्सिखेलस्थित प्रधान सेनापतिको निवास शशी भवनमा रात्रिभोजको आयोजना गरिँदै छ ।

तस्बिरहरु

टिप्पणीहरू