माइतीघरमा सहकारी पीडितको टाउको फुट्यो
सहकारी पीडितहरुको आन्दोलनमा झडप भएको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेपछि माइतीघरमा झडप भएको हो ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको अगुवाइमा प्रदर्शनमा उत्रिएका पीडितहरु माइतीघरमा भेला भएर नयाँ बानेश्वरतर्फ जान खोजेका थिए । तर, प्रहरीले रोकेपछि प्रदर्शनकारी ढुंगामुढामा उत्रिए ।
झडपका क्रममा एक जना प्रदर्शनकारीको टाउको फुटेको भने आधा दर्जन घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको छ । एक जनाको अवस्था गम्भीर रहेको बताइन्छ ।
टिप्पणीहरू