थप २० मिटर मापदण्डविरुद्ध माइतीघरमा जुलुस

थप २० मिटर मापदण्डविरुद्ध माइतीघरमा जुलुस
सुन्नुहोस्

काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने मापदण्ड खारेजीको माग गर्दै स्थानीय र सरोकारवालाहरुले र्‍याली निकालेका छन् । 

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको अगुवाइमा स्थानीय सडकमा उत्रिएका हुन् । संघर्ष समितिका श्यामकृष्ण प्रजापतिको नेतृत्वमा र्यालीसहित माइतीघर मण्डलामा पुगेका प्रदर्शनकारीले मापदण्ड खारेजीको माग गरेका छन् । 

'जनताको पीडामा सरोकार नराख्ने सरकार चाहिंदैन', 'अन्यायपूर्ण सडक खारेज गर', 'मापदण्डको नाममा जनताको निजि सम्पत्ति रोक्का गर्न बन्द गर', 'आईएलओ १६९ लागू गर', 'सडक तथा खोलाको मापदण्ड खारेज गर' लेखिएका ब्यानर र प्लेकार्ड बोकेर सडकमा उत्रिएका पीडितहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । 

२०६५ मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका नदी, खोला आसपास संरचना निर्माण गर्दा अनिवार्य २० मिटर छोड्नुपर्ने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतको गत पुस २ गतेको थप अर्को २० मीटर छाड्नुपर्ने फैसला र उक्त फैसला कार्यान्वयनका लागि काठमाडौँ महानगरले निकालेको सूचनाविरुद्ध स्थानीय र सरोकारवालाहरु निरन्तर आन्दोलित छन् । 

फैसलाविरुद्ध सरकारले सर्वोच्चमा पुनरावलोकनको निवेदनसमेत दिएको छ ।

तस्बिरहरुः


 

टिप्पणीहरू