राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन
राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । शीतल निवासमा आयोजित एक समारोहबीच आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदन बुझाएका हुन् ।
उनले संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
टिप्पणीहरू