भारतीय सेना प्रमुखको विरोध गर्ने आशंकामा फणिन्द्र नेपाल पक्राउ

भारतीय सेना प्रमुखको विरोध गर्ने आशंकामा फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपाल पक्राउ परेका छन् । काडमाडौँ प्रहरी परिसरले उनलाई शान्तिनगरस्थित कार्यलयबाट नियन्त्रणमा लिएको हो । 

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालोझण्डा देखाउने आशंकामा नेपाललाई पक्राउ गरिएको बुझिएको छ । प्रहरीले भने सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रण लिएको जनाएको छ । 

नेपालले नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीविरुद्ध हिजो एक विज्ञप्ती जारी गरेका थिए । भारतीय सेना प्रमुखलाई उक्त दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा बन्द गर्नुपर्ने उनले माग गरेका छन् । 

विज्ञप्तिमार्फत् भनेका छन्, ‘दुई सिमावर्ती देशहरू: भारत र चीनमध्ये केवल भारतसँग मात्र विशेष सैन्य सम्बन्ध राख्नु मित्रताको उल्लङ्घन मानिने भएकाले नेपाल सरकारले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ ।’

टिप्पणीहरू