पूर्वसचिव रामेश्वर खनाललाई सघाउन चन्द्र ढकाल तयार

पूर्वसचिव रामेश्वर खनाललाई सघाउन चन्द्र ढकाल तयार

सरकारले पूर्व सचिव रामेश्वर खनालको संयोजकत्वमा गठित आर्थिक सुधार सुझाव आयोगमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उक्त आयोगमा नेपाल उद्योग परिसंघका राजेशकुमार अग्रवाल र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललाई पनि समावेश गरेको छ ।

अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि रायसहितको प्रतिवेदन पेश गर्न सरकारले खनालको संयोजकत्वमा गत असोजमा पाँच सदस्यीय आयोग गठन गरेको छ । सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली,डा. विश्वास गौचन  र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल छन् ।

टिप्पणीहरू