समातियो बेढङ्गी दुई दर्जन मोटरसाइकल
कास्की प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएको दुई दर्जन मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले २३ वटा मोटरसाइकल समातेको जनाएको छ ।
चर्को आवाजमा ध्वनी प्रदूषण गरेकाले ती मोटरसाइकललाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले बताए । उनका अनुसार आवश्यक कारबाही प्रक्रियाका लागि ती मोटरसाइकललाई यातायात व्यवस्था कार्यालय, पोखरा पठाइएको छ ।
पछिल्लो समय कास्की प्रहरीले मोडिफाई गरी ठूलो आवाजमा हु्इँकिने मोटरसाइकलमाथि नियमित कारबाही गर्दै आएको छ । प्रहरीले त्यस्ता मोटरसाइकल हाँकेको देखेमा फोन नम्बर १०० वा १०३ मा सम्पर्क गरी जानकारी गराउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।
टिप्पणीहरू