काठमाडौंका अधिकांश पसलमा म्याद सकिएको सामान

काठमाडौंका अधिकांश पसलमा म्याद सकिएको सामान

काठमाडौंभित्रका अधिकांश पसल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । अनुगमनका क्रममा अधिकांश पसलले मापदण्ड पालना नगरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरले ४९७ पसलमा पर्वलक्षित अनुगमन गरेको थियो । 

तीमध्ये २० वटा पसलले मात्र मापदण्डको पालना गरेको पाइएको छ । १३३ वटा पसलमा म्याद गुज्रिएको सामान फेला परेको थियो । त्यसैगरी ३११ वटामा मूल्यसूची नभएको, २०० वटा दर्ता नभएको पाइएको हो । 

४५ वटा मःम पसल, होटल तथा रेष्टुरेण्टमा व्यक्तिगत सरसफाइ र ४० वटामा भान्छा र कार्यस्थलको सरसफाइमा कमी देखिएको छ । तीमध्ये १३ वटाको दर्ता गरिएको छैन । महानगरका अनुसार ती व्यवसायीलाई सचेत गराइएको छ ।

टिप्पणीहरू