सभामुख विदेशमा, ‘फ्रस्टेसन’ को कारण सचिवले दिए राजीनामा

सभामुख विदेशमा, ‘फ्रस्टेसन’ को कारण सचिवले दिए राजीनामा

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । उनले नियुक्ति लिएको पाँच महिनामै पदत्याग गरेका हुन् ।

संघीय संसद् सचिवालयका अनुसार अधिकारीको राजीनामा भोलिदेखि लागु हुने छ । गत असार १८ गते सभामुख देवराज घिमिरेको सिफारिसमा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए । सभामुख विदेशमा भएको बेला उनले राजीनामा दिएका हुन् ।

नियुक्तिको छोटो समयमा राजीनामा दिएपछि" मुख्य कारण के होला ?’ भनेर संसदका एक जना सहसचिवले जनआस्थासँगको कुराकानीमा भने ‘फ्रस्टेसन ।’ उनका अनुसार नेपाल सरकारको सचिव हुँदा विभिन्न मन्त्रालयमा मन्त्रीलाई समेत हल्लाउने हैसियत बनाएका सचिवलाई कतिपय अवस्थामा केही माननीय र तिनका स्वकीय सचिवले आत्थु आत्थु पारेको सायद उनले देखे । र, केही भोग्नु पनि परेको उनको बुझाई छ । संसद अधिवेशन नभएको बेला कालो चिया खाँदै अनलाइनमा समाचार र टेबुलमा पत्रिका पढ्नेबाहेक केही काम नभएको गुनासो सचिव अधिकारीले गर्दै आएको उनकै युनिटमा कार्यरत कर्मचारीहरुको भनाई छ ।

संसद सचिवालय स्रोतका अनुसार दशैंअघि दशैं खर्च पनि नलिने भन्दै राजीनामा दिन लागेका थिए । तर, थामथुम पारेर केही पर धकेलिए पनि आज भने राजीनामा दिएका हुन् ।

टिप्पणीहरू