दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पौडेल र पाण्डेको इजलासमा

दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पौडेल र पाण्डेको इजलासमा
सुन्नुहोस्

राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्येक्षीकरण रिट पेशी चढेको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाईका लागि आज पेशी तोकिएको हो । प्रसाईंका छोरा निरञ्जन प्रसाईं ले दायर गरेको रिटमा आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो । 

प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईं सिंहदरबार प्रहरी वृत्तको हिरासतमा छन् । उनीमाथि विद्युतीय कारोबार, कागजात किर्ते र मानहानीको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू