विराटनगर पुगेपछि बिआरआईका कुरा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिराटनगर पुग्नुभएको छ । उहाँ पार्टीको कोशी प्रदेश सम्मेलनमा सहभागी हुन आज दिउँसो काठमाडौंबाट त्यहाँ जानुभएको हो ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चिनियाँ सहयोग परियोजना बिआरआईमा ऋण नलिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने चीन भ्रमणमा बिआरआई कार्यान्वयन फ्रेमवर्कमा दुई मुलकबीच हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री हिजो चीनबाट स्वदेश फर्केपछि सभापति देउवाले बिआरआईबारे संक्षिप्त धारणा व्यक्त गर्नुभएको हो । त्यसैगरी उहाँले संविधान संशोधन सहमतिका आधारमा मात्रै गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘जसरी सहमति जुटाउन सकिन्छ त्यसरी संशोधन हुन्छ ।’
एक अर्को प्रसंगमा उहाँले पार्टीमा उत्तराधिकारी तोक्ने समय अझै भइनसकेको उल्लेख गर्नुभयो ।
टिप्पणीहरू