चीन जानुभएका पूर्व प्रधानमन्त्रीको स्वदेश आगमन

चीन जानुभएका पूर्व प्रधानमन्त्रीको स्वदेश आगमन

चीन भ्रमणमा जानुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् विदेश विभाग प्रमुख झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । नेता खनाल चाइना साउदर्नको उडान नम्बर सीजेड ६०६७ मा बिहान ११ बजे ग्वाङ्झौबाट काठमाडौं आइपुग्नुभएको हो ।

उहाँले ग्वाङ्झौमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स–२०२४ को आठौँ श्रृंखलालाई सम्बोधन गर्नुभयो । चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी,चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स र ग्वाङ्झौ प्रान्तीय जनसरकारको संयुक्त आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्सको दोस्रो प्लेनरी सेसनलाई प्रमुख वक्ताको रूपमा नेता खनालले सम्बोधन गर्नुभएको हो । ‘चीनको व्यापक सुधारलाई अझ गहिरो बनाउने विषयको अर्थ,सम्भावना र अवसरहरू’ रहेको सम्मेलनमा सात वटा विषयमा व्यापक छलफल गरिएको थियो ।

गत शनिबार चीन जानुभएका उहाँले त्यसअघि राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो । एकीकृत समाजवादीको विदेश विभागका प्रमुख खनालसँगै सोही उडानमा विभागीय सचिव शंकरप्रसाद खतिवडा पनि काठमाडौं फर्केको बताइन्छ ।
You sent
 

टिप्पणीहरू