शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेरै छाड्ने प्रचण्डको प्रतिबद्धता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको अभावमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न असम्भव रहेको बताउनुभएको छ । उहाँले शान्ति प्रक्रियाका थाँती रहेका काम टुङ्गोमा पुर्याउनैपर्ने र त्यसका लागि मुख्य राजनीतिक दलहरुबीच सहमति हुनुपर्ने उल्लेख गर्नुभएको छ ।
काठमाडौँमा आयोजित माओवादी निकट शिक्षकहरुको संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले दाहालले अब कुनै पनि राजनीतिक दल जिम्मेवारीबाट बाहिरिन नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा वामपन्थीहरुबीच एकताको प्रयास भइरहेको जानकारी दिँदै एकताको विकल्प नरहेको निष्कर्षलाई पुनः दोहोर्याउनुभएको छ ।
टिप्पणीहरू