बक्यौता उठाएरै छाड्ने अडानमा साथ दिएका सञ्चालकहरुको बिदाई

बक्यौता उठाएरै छाड्ने अडानमा साथ दिएका सञ्चालकहरुको बिदाई

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् । समितिको अध्यक्षसमेत रहेका उर्जामन्त्री दिपक खड्काले आज बलबहादुर पराजुली र लक्ष्मण केसीलाई सदस्य नियुक्त गरेका हुन् । यसअघिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनको चार वर्षे कार्यकाल हिजोबाट सकिएको छ । 

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुल गर्नुपर्ने अडान राखेवापत मन्त्री खड्काले गत साउनमै उनीहरुलाई बोर्ड सदस्यबाट हटाएकोमा सर्वोच्च अदालतको आदेशले पुनर्बहाली भएका थिए । उनीहरुको कार्यकाल सकिएको भोलिपल्टै सरकारले नयाँ नियुक्ति गरेको हो ।  

विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चलिरहेका बेला प्राधिकरणको संचालक समितिमा प्रवेश पाएका केसी कांग्रेस र पराजुली एमाले निकट मानिन्छन् । कांग्रेससम्बद्ध सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको अध्यक्ष रहेका केसी ऊर्जा विज्ञ पनि हुन् । पराजुली रेमिट हाइड्रो लिमिटेडको सञ्चालक छन् । 

जसरी पनि बक्यौता उठाएरै छाड्ने अडानमा रहेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अप्ठेरोमा पार्न सत्तारुढ दुई दलले एक–एक जना सदस्य भागबण्डा गरेर लिएको प्राधिकरण निकट स्रोतको दाबी छ ।

टिप्पणीहरू