काँग्रेसको प्रशिक्षण प्रतिष्ठान बुद्धिमानले सम्हाल्ने
नेपाली काँग्रेसले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.बुद्धिमान श्रेष्ठलाई नियुक्त गरेको छ ।
प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले उनलाई आज सो जिम्मेवारी दिएका हुन् । काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (घ) बमोजिम श्रेष्ठलाई नियुक्त गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ तथा नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा गोरखाका डा.बुद्धिमान श्रेष्ठलाई नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नुभएको छ ।’
टिप्पणीहरू