दुबई धाइरहने समिम मियाँद्वारा साउदी मन्त्रीको स्वागत

दुबई धाइरहने समिम मियाँद्वारा साउदी मन्त्रीको स्वागत
सुन्नुहोस्

साउदी अरेबियाका इस्लामिक मामिलासम्बन्धी सहायक मन्त्री नेपाल आएका छन् । मन्त्री डा.अवाद बिन सेब्टी अलानाजी आज दिउँसो २ बजे काठमाडौं आइपुगेका हुन् ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५३९ मा आएका अवादलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाँ अन्सारीले स्वागत गरेका थिए । 

अन्सारी नियमित रुपमा काठमाडौंबाट दुबई जाउआउ गरिरहन्छन् । दुबईबाट अन्यत्र छड्किएको बारे भने कुनै जानकारी दिने गरिएको छैन । तर, दुबई जानुअघि र फर्केपछि उनी मधेशका धनुषा,रौतहट,बारा,पर्सालगायतका जिल्ला घुम्न जाने गरेका छन् ।

टिप्पणीहरू