चिनियाँ चार्टर्ड विमान पोखरामा ओर्लँदै
आज पनि चीनबाट एउटा चार्टर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । सिचुआन एअरलाइन्सको विमान बिहान पौने १० बजे ओर्लने कार्यक्रम छ ।
उक्त विमानमा आगामी आइतबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय ड्र्यागन डुंगा दौड प्रतियोगिता २०२४ मा सहभागी हुने प्रतियोगीहरुलगायत सरकारी तथा गैरसरकारी अधिकारीहरु, सञ्चारकर्मी आउन लागेका छन् । आयोजक संस्थाको तर्फबाट पर्सि साँझ पोखरा इभेन्ट सेन्टरमा सहभागीहरुको सम्मानमा रात्रिभोज आयोजना गरिँदै छ ।
आइतबार बिहान ९ बजे लेक साइडमा अन्तर्राष्ट्रिय डुंगा दौड प्रतियोगिता २०२४ को औपचारिक शुभारम्भ हुुने कार्यक्रम छ । प्रतियोगिताअन्तर्गत बिहान पौने १० बजे २०० मीटर र ११ बजे पाँच सय मीटर सोझो डुंगा दौड हुनेछ ।
सोमबार बिहान साढे ९ बजेबाट २०० मीटरको सेमिफाइनल र १० बजे फाइनल दौड हुने छ । साढे १० बजे पाँच सय मीटरको सेमिफाइनल, सवा ११ बजे पाँच सय मीटरको फाइनल र पौने १२ बजे पुरस्कार तथा समापन समारोहको आयोजना गरिने आयोजकले जनाएको छ ।
टिप्पणीहरू