अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता पोखरामा शुरु
पोखराको फेवा तालमा दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिताको औपचारिक शुभारम्भ भएको छ । भोलिसम्म हुने प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता छ ।
गत बिहीबार चीनको सिचुआन प्रान्तको राजधानी छन्तुबाट सिचुआन एअरलाइन्सको चार्टर्ड विमानले खेलाडी र चिनियाँ अधिकारीहरु गरेर १२९ यात्रु चीनबाट ल्याएको थियो ।
प्रतियोगिता गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा भएको हो ।
हिजो साँझ पोखरामा स्वागत रात्रिभोजको आयोजना गरिएको थियो । त्यसैगरी लुझोउ नगरपालिकाको आर्थिक सहयोग र विदेशी मामिला ब्युरो तथा लुझोउ नगरपालिकाको पिपुल्स एसोसिएसन फर फ्रेन्डशिप विपथ फरेन कन्ट्रीका कार्यकारी उपाध्यक्ष चाङ चुहाङ् नेतृत्वको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ ।
भेटवार्तामा दुई नगरबीच पर्यटन, कला, संस्कृति र प्रविधि आदानप्रदानलगायतका विषयमा समेत छलफल भएको जनाइएको छ ।
टिप्पणीहरू