कुवेतबाट नेपाल आउँदा आउँदै आकाशमै मृत्यु

कुवेतबाट नेपाल आउँदा आउँदै आकाशमै मृत्यु
सुन्नुहोस्

कुवेतबाट काठमाण्डौ आउँदै गरेको हिमालयन एयरको उडान नम्बर H9572  विमानमा सवार एक जना नेपाली नागरिकको हृदयघातका कारण मृत्यु भएको छ ।

उक्त विमानले स्थानीय समयअनुसार ०२:३४ बजे उडान शुरु गरेको थियो । केही घण्टामै एक यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि ओमनको मस्कट विमानस्थलमा आपतकालीन अवतरण गराईयो ।

 यात्रु मृत भएको चिकित्सकले जानकारी दिएपछि विमानलाई  मस्कटबाट कुवेततिरै फिर्ता गरिएको छ ।

यात्रु मृत भएको चिकित्सकले जानकारी दिएपछि विमानलाई  मस्कटबाट कुवेततिरै फिर्ता गरिएको छ । मृतकलाई मेडिकल प्रकृया पूरा गर्न कुवेतमा छोडेर काठमाण्डौ ल्याउने तयारी भैरहेको बुझिएको छ । अहिले बिहान  ९ : १० बजे अवतरण हुनु पर्ने विमान आज साँझ ७ बजे मात्रै आउने छ ।

मृतकको विस्तृत विवरण खुल्न सकेको छैन ।

टिप्पणीहरू