घर जानुअघि नै बढुवा सकाउने हुतराजको हुटहुटी

घर जानुअघि नै बढुवा सकाउने हुतराजको हुटहुटी

राष्ट्रिय अनुसन्धान विभागमा फाइल बढुवाको प्रक्रिया जारी छ । गत सातासम्म एसपीको सकाएर अहिले १२ जना डिएसपी बढुवाको तयारी अन्तिम चरणमा पुगेको छ ।

रिक्त १२ पद पूर्ति गर्न इन्सपेक्टरमध्ये २०७३ ब्याचका १० जनालाई मात्र बढुवा गर्न बिभागीय प्रमुख अग्रसर भएपछि पछिल्लो ब्याचका इन्सपेक्टरहरु अदालत जानेवारे सल्लाहमा जुटेको बुझिएको छ  । 

०७३ ब्याचका १० जना मात्रै बाँकी भएको र २०७५ ब्याचका धेरै रहेकाले त्यो लट छुँदै नछुने कुराले कर्मचारीहरु आक्रोशित भएका हुन् । तिनले भनेका छन्, ‘लोक सेवाबाट आएका,स्नातकोत्तर तह उत्तिर्ण गरेकालाई पाखा लगाउँदै राजपत्रांकित द्वितीय तहमा कार्यसम्पादन कमजोर रहेका,प्लस टु मात्र योग्यता भएका र फाइल बढुवाबाट अधिकृत भएकालाई बढुवामा सिफारिस गरिएको छ ।’

विभाग स्रोत भन्छ, ‘तोकिएको संख्यामा दुई जनालाई बढुवा नगरेको अवस्थामा योग्य  दुई जना अवसरबाट स्वतः वञ्चित हुने छन् । पछिल्लो ब्याचबाट जो वरिष्ठ हो उसैलाई गरे भइहाल्यो ।’ दुई जनालाई बढुवामा छुटाउने उद्देश्यले थापा फाइल च्याप्दै दिनहुँ प्रधानमन्त्री कार्यालयका सुशासन हेर्ने सचिव कृष्णहरि पुष्करकोमा धाइरहेको बताइन्छ ।

गत सातासम्म एसपीसम्मको बढुवा भइसकेको छ । अब डिएसपीको र आफू अवकाश हुनुअघि सबै फाइल बढुवा सकाउने उद्देश्यले थापा अघि बढेको देखिन्छ ।

टिप्पणीहरू