वीरगञ्जका विद्यालय धमाधम बन्द
चिसो बढेपछि वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालय बन्द गरिएको छ । केही दिनयता जाडो बढेकाले विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै महानगरले तीन दिन विद्यालय बन्द गरिएको जनाएको छ ।
महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आजदेखि पुस २६ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । यद्यपि, विद्यालयको प्रशासनिक कार्य सुचारु राख्न महानगरले जनाएको छ ।
‘बढ्दो जाडोको कारणबाट विद्यार्थीहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै मिति २०८१ पुस २४ गतेदेखि २६ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी तीन दिनका लागि विद्यालयको प्रशासनिक कार्य सुचारु गर्ने गरी विद्यार्थीहरुलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगित गर्न आदेशानुसार अनुरोध छ,’ परिपत्रमा उल्लेख छ ।
टिप्पणीहरू