मध्य जाडोमा भीषण डढेलो, क्यालिफोर्नियाका दशौं हजार व्यक्ति जोखिममा
अमेरिकाको लस एञ्जलस क्षेत्रमा तीव्र रूपमा डढेलो फैलिएपछि आपतकाल घोषणा गरिएको छ । जंगलमा लागेको ढडेलो शहरी क्षेत्र नजिकै पसेर उत्तर पश्चिमतिर फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको हो ।
क्यालिफोर्नियाका लाखौं मानिस अहिले जोखिममा परेकाले सतर्कताका लागि आग्रह गरिएको छ । डढेलो नियन्त्रणमा लिन सयौँ दमकल र हजारौँ आगो नियन्त्रक परिचालन गरिएको छ । तर, तीब्र हावाहुरीको कारण नियन्त्रणमा ल्याउन कठिन भइरहेको डिपार्टमेन्ट अफ फरेस्ट्री एण्ड फायर प्रोटेक्सन (सिएल)की प्रमुख डेभिड एकुनाले बताएकी छन् ।
उनका अनुसार अहिलेसम्म ढडेलामा परेर सयौँ जनावर र लाखौँ रुख जलिसकेका छन् । उता फायर प्रमुख क्रिस्टिन क्राउलीले ढडेलो फैलिरहेको क्षेत्रमा बसोबास गर्ने झण्डै ३० हजार नागरिकलाई ठाउँ खाली गर्न निर्देशन दिएकी छन् ।
अमेरिकी सेना र प्रहरी प्रभावित नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न खटिएका छन् ।
टिप्पणीहरू