स्वरोजगार कोषको उपाध्यक्ष खोजी
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा रिक्त उपाध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइएको छ । युवा तथा खेलकुद मन्त्रालयले उपाध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अनुसार गठित कोषको उपाध्यक्ष सिफारिस समितिले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष नियुक्तिको लागि योग्यता पुगेका व्यक्तिमध्येबाट तीन जना व्यक्तिको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्नुपर्ने छ ।
नियमावलीको नियम ९ को उपनियम (४) को खण्ड (ग) बमोजिम योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिले आगामी दश दिनभित्र दरखास्त दिन सक्नेछन् । दरखास्तका साथ पेश गर्नुपर्ने कागजात, फारामको नमूना, कार्ययोजनाको सम्भावित खाका, मूल्याङ्कनका आधारलगायत अन्य जानकारी मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
टिप्पणीहरू