चिनियाँ सडकमा गुड्न थाले तीन करोड नयाँ बिजुली गाडी
विश्वका अन्य मुलुकमा विद्युतीय गाडीको भर्खरै प्रचार हुन थालेको छ । तर चिनियाँ सडकमा भने उच्चस्तरीय नयाँ ऊर्जाका करोडौं सवारी साधन गुडिरहेका छन् ।
चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०२४ को अन्तसम्ममा चीनमा नयाँ ऊर्जाका तीन करोड १४ लाख सवारी साधन सञ्चालनमा छ । चार्जिङ पूर्वाधारको विस्तार र चिनियाँ जनतामा बढेको वातावरणमैत्री भावनाको विकासका कारण नयाँ ऊर्जाका सवारी साधनको प्रयोगमा बढोत्तरी आएको बताइन्छ ।
चीनका विभिन्न राजमार्गको किनारमा हालसम्म ३३ हजार १०० चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको छ ।
अघिल्लो वर्षको तुलनामा त्यस्ता सवारी साधनको प्रयोगमा झण्डै ९ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ । एक दशकअघि सन् २०१४ मा चीनमा कूल एक लाख २० हजार नयाँ ऊर्जाका सवारी साधन प्रयोगमा थिए । हाल प्रयोगमा आएका विद्युतीय सवारी साधनको संख्या विश्वका अन्य देशको तुलनामा झण्डै आधा हो ।
चीनमा विशेषगरी वसन्त चाड र चिनियाँ परम्परागत नयाँ वर्षको अवसरमा विद्युतीय सवारी साधनको किनबेच र प्रयोग बढी हुने गरेको छ । चीनका विभिन्न राजमार्गको किनारमा हालसम्म ३३ हजार १०० चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको छ ।
टिप्पणीहरू