नाम र थर मिल्दा पूर्व जनप्रतिनिधि मर्माहत
बदमासी एउटाको तर नाम थर मिल्दा तनाव अर्कालाई । यस्तै घटना भएको छ धनकुटाका एक जना भूतपूर्व जनप्रतिनिधिलाई । चौबिसे गाउँपालिकाका पूर्व अध्यक्ष खजिन्द्र राईलाई अहिले त्यस्तै भएको छ ।
धनकुटा बचत तथा ऋण सहकारी संस्था लिमिटेड समस्यामा छ । अधिकांश पदाधिकारीको बदमासीका कारण सर्वसाधारणको निक्षेप जोखिममा परेको छ । सञ्चालक समितिका अध्यक्ष प्रेम घिमिरे,उपाध्यक्ष खगेन्द्र सुवेदी, सचिव खजिन्द्र राईको बदमासी बाहिर आउँदा खाइ न पाइ चौबिसे गाउँपालिकाका पूर्व अध्यक्ष खजिन्द्र राईलाई झ्याउलो आइलागेको हो ।
सहकारीका सचिव राई धनकुटा बजारका स्थानीय हुन् भने अर्का राई निकै परका पूर्व जनप्रतिनिधि हुन् । उनले भने, ‘म सहकारीको पदाधिकारी वा ऋणी केही पनि होइन । तर, नाम मिलेकाले अर्काले गरेको बदमासीको भागिदार जस्तै भएको छु । धेरै जनाले सहकारीको रकम अपचलनमा मलाई पनि शंका गर्दै फोन गरेपछि आपत आइलाग्यो ।’
जनआस्था डट कममा माघ ४ गते प्रकाशित सम्बन्धित समाचार यस्तो छ : अर्को सहकारी पनि नेताले पारे चुर्लुम्मै ।
टिप्पणीहरू