हरिनासमा विदुरलाई पनि भत्ता

हरिनासमा विदुरलाई पनि भत्ता

स्याङजाको हरिनास गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । पालिकाले ६० देखि ६८ वर्षका एकल पुरुषलाई विदुर भत्ता दिने निर्णय गरेको हो । 

१६ औं गाउँसभाबाट कार्यविधि पारित गरेर उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको पालिका अध्यक्ष खिमनारायण मानन्धरले बताए । उनका अनुसार कुनै सरकारी सेवामा नरहेका र कुनै निकायबाट सहयोग प्राप्त नगरेकाले भत्ता पाउनेछन् ।

मासिक एक हजार रुपैयाँ भत्ता दिइने उनले जानकारी दिए । भत्ताका लागि एकल पुरुषले श्रीमतीको मृत्यु भएको वा अदालतमा सम्बन्धविच्छेद गरेर पुनः विवाह नगरेको प्रमाणित हुने कागजात पेश गर्नुपर्नेछ । 

‘एकल पुरुषलाई जीवनयापनमा सहज होस् भनेर हामीले यो निर्णय गरेका हौं । उहाँहरुले प्रक्रिया पुरा गरेपछि मासिक एक हजार रुपैयाँ भत्ता पाउनुहुनेछ’,उनले भने । त्यसैगरी, पालिकाले ‘स्थानीय मदिराजन्य पेय पदार्थको ब्राण्डिङ्ग गर्ने ऐन, २०८१’ बनाएको छ । त्यसका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
 

टिप्पणीहरू