जीप दुर्घटनामा कुम्भमेलाबाट फर्कंदै गरेका चार नेपालीको मृत्यु

जीप दुर्घटनामा कुम्भमेलाबाट फर्कंदै गरेका चार नेपालीको मृत्यु

भारतको मुजफ्फरपुर नजिकै भएको जीप दुर्घटनामा पाँच जना नेपालीको ज्यान गएको छ । उत्तर प्रदेशमा भइरहेको कुम्भमेलाबाट फर्कंदै गरेका एकै परिवारका चार जना र एक चालकको निधन भएको बताइन्छ । 

दुर्घटनामा महोत्तरीका एकै परिवारका चार र जीप चालक बितेका छन् भने चार जना गम्भीर घाइते भएका छन् ।

तीब्र गतिको भारतीय नम्बर प्लेट बीआर ३२ पिए ४६६१ नम्बरको स्कर्पियो जीप दुर्घटनामा परेको हो । मृत्यु भएकामा महोत्तरीको मनरा शिश्ववा–२ कट्टीका स्थानीय हुन् ।

टिप्पणीहरू