प्रेस काउन्सिलका पूर्वअध्यक्ष बस्नेतको निधन

गोरखापत्र संस्थान, राष्ट्रिय समाार समिति तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष माथवरसिंह बस्नेतको निधन भएको छ । पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक बस्नेतको ७९ वर्षको उमेरमा उपचारको क्रममा आज निधन भएको हो ।
भक्तपुरस्थित घरमा अस्ति हृदयाघात भएपछि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । बस्नेको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
स्वर्गीय बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् ।
टिप्पणीहरू