गुडिरहेको ट्रिपर छिर्दा अनाथ बालबालिकाहरुको आश्रयस्थलमा तीन जनाको मृत्यु

गुडिरहेको ट्रिपर छिर्दा अनाथ बालबालिकाहरुको आश्रयस्थलमा तीन जनाको मृत्यु

काठमाडौंको शंकरापुरमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  शंकरापुर नगरपालिका–६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थलमा बिहान पौने ४ बजे ट्रिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सञ्चालन गरेको आश्रयस्थलमा ट्रिपर छिर्दा म२१ वर्षे आकाश र सुमनका साथै ४५ वर्षका हरिजनको निधन भएको प्रहरीले जनाएको छ ।

ट्रिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ६१ जना बस्दै आएको आश्रयस्थलको १० जना सुतिरहेको टहरामा ट्रिपर छिरेको हो ।

टिप्पणीहरू