बैंककबाट आएका भारतीयहरुको साथमा गाँजा

थाइल्याण्डको राजधानी बैंककबाट काठमाडौं आएका दुई जना भारतीय गाँजासहित पक्राउ परेका छन् । थाइ एअरवेजको उडानमा आज दिउँसो आएका भारतीयले गाँजा ल्याएका हुन् ।
लगेजमा प्लास्टिकले बेरेर छ किलोग्राम गाँजा फेला परेपछि उनीहरुमाथि प्रारम्भिक अनुसन्धान थालिएको छ । पछिल्लो समय बैंकक र कोलम्बोबाट भारतीयहरुले काठमाडौंमा गाँजा ल्याउने गरेको पाइएको छ ।
नेपालबाट स्थलमार्ग हुँदै सीमावर्ती जिल्लाबाट ठूलो परिमाणमा भारत लैजाने गरिएको गाँजा यदाकदा पक्रने गरिएको छ ।
टिप्पणीहरू