मुख खोल्छु भन्नासाथ राजीनामा सदर

मुख खोल्छु भन्नासाथ राजीनामा सदर

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । 

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १३ दिनपछि आज उपकुलपतिको राजीनामा स्वीकृत गर्नुभएको हो । स्वास्थ्य अवस्थालाई कारण देखाएर बरालले चैत १५ गरे राजीनामा बुझाएका थिए । 

गत वर्ष फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बराललाई उपकुलपति नियुक्त गरेको थियो । सरकार फेरिएपछि उनले दबाब महसुस गर्दै आएको र सोही कारण पद छोडेको भएपनि बाहिर भने अर्कै कारण देखाइएको बताइन्छ । 

बरालले राजीनामा स्वीकृत भएपछि कारण खोल्ने बताएका छन् । आज बिहान जनआस्थासँग कुरा गर्दै उनले भनेका थिए, 'राजीनामा स्वीकृत भएपछि मलाई कुनै जानकारी आउला, त्यसपछि म सबै कुरा खुलाउनेछु ।’

टिप्पणीहरू