अध्यक्षसँग असन्तुष्ट शेखरका महिलाले पद छोडे
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले सामुहिक राजीनामा दिएका छन् ।
संगठनमा मनोमानी भएको भन्दै उनीहरुले पद छोड्ने निर्णय गरेका हुन् । अध्यक्षले विधानबमोजिम कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको राजीनामा दिनेहरुको भनाई छ ।

‘तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौँ', राजीनामा पत्रमा लेखिएको छ ।
राजीनामा दिनेहरूमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सिता घिमिरे, तारा थपलियालगायत छन् । उनीहरु सबै पार्टीमा संस्थापनइतर खेमाका नेता डा.शेखर कोइराला पक्षको भएको बताइएको छ ।
टिप्पणीहरू