जुवाडे पक्रिँदा करणी र चोरी मुद्दाका प्रतिवादीहरु फेला
मकवानपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका एकजना जबरजस्ती करणी मुद्दामा फरार रहेको प्रमाणित भएको छ । हेटौँडा उपमहानगरपालिका–१० बसपार्कमा जुवातास खेलिरहेका ३७ वर्षीय विजय भनिने अर्जुन तामाङ र २७ वर्षीय हेमन्त भनिने राजेश दर्नाल लाई प्रहरीले पक्राउ गरेको थियो ।
मकवानपुर प्रहरीले जुवाडेको विवरण लिने क्रममा तामाङ जिल्ला अदालत सिन्धुपाल्चोकले २०७४ साउन ११ गते १० वर्ष कैदको फैसला गरेको प्रतिवादी रहेको पुष्टि भएको हो । परियार पनि मकवानपुर, ललितपुर र काठमाडौँमा चोरी, डाँका र अन्य मुद्दा दर्ता भएपछि बेपत्ता थिए । परियारमाथि यसअघि मकवानपुरमा दुई र उपत्यकामा पाँच मुद्दा दायर भएकोे थियो ।
उनीहरूको साथबाट ११ बुक तास र छ लाख छ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू