रेखा किन रन्किइन् ?

रेखा किन रन्किइन् ?

कलाकारको गोजीमा लाखौं, करोडौं हुँदैन । तर, सिको ठूलैको गर्नुपर्छ । धुर्मुस सुन्तलीदेखि श्वेता खड्का हुन् वा आनी छोइङ डोल्मादेखि महजोडीसम्म, रेखा थापादेखि विजय लामासम्म जसले कलाकारितासँगै सामाजिक कामलाई पनि सँगसँगै लगिरहेका छन् । भन्छन् नि सिसाको घरमा बसेर अरूको घरमा ढुंगा हान्नु हुँदैन । आफ्नै बोली आफ्नै लागि भारी भइदिन्छ । यस्तै स्थितिमा गुज्रिएकी छन् रेखा थापा । उनले मागेर समाजसेवा गर्ने कलाकारलाई समाजसेवी कम र डिस्ट्रिब्युटर बढी भन्दै टिप्पणी गरिन् । जस्तो अरूसँगै पैसा मागेर धुुर्मस सुन्तली फाउण्डेसनदेखि श्वेता खड्कासम्मले सामाजिक काम गरिरहेका छन् । रेखाको तर्क छ– कसैसँग ५ लाख सहयोग मागेर अर्काेलाई वितरण गरिन्छ भने त्यो समाजसेवा होइन, डिस्ट्रिब्युसन हो । रेखाका अनुसार उनले गरेको सामाजिक काम आफ्नो पकेटबाट गरेको उल्लेख गरेसँगै कुनै समय उनको म्यानेजर बनेर काम गरेका आन्द्रा भुँडी सबै चाल पाएका पुष्कर भट्टले क्यानाडाबाटै दनक दिएका छन् ।

रेखा थापा फाउण्डेसनमार्फत सामाजिक काममा जोडिएकी रेखाले ०७१ सालमा हिम्मतवाली फिल्म बनाइन् । सोही फिल्म प्रमोसनको मुखमा रेखा थापा फाउण्डेसनले चार जना राउटेको शिक्षा दीक्षा सबै व्यहोर्ने उद्घोष गरेको हो । ‘हिम्मतवाली’ फिल्म प्रमोसनका लागि नजानिँदो तरिकाले ४ जना राउटेलाई फाउन्डेसनमार्फत काठमाडौं ल्याएर हल–हल चहारी फिल्म प्रमोसनको लागि प्रयोग गरेर जुन चर्चा बटुल्न सफल हुनु भयो तर त्यसको भोलिपल्टै राउटेहरू कहाँ गए, कता गए र कसरी गए ? कुनै समवेदना र भावना तपाईंसँग छ ? आजको मितिसम्म जान्न पनि चाहानुभएको छ रेखाजी ?’ भन्दै प्रश्न तेस्र्याएका हुन् पुष्करले । उनले रेखा थापा फाउण्डेसनलाई २/३ करोड क्यानाडाको एक फाउन्डेसनले सहयोग गरेको उल्लेख गर्दै सोधेका छन्, ‘तपाईंले चन्दा माग्दा जायज हुने, अहिले समाजमा केही राम्रो गरेका समाजसेवीले माग्दा तपाईंलाई सहन नहुने ?’

टिप्पणीहरू