बल्खू हेडक्वार्टरमा ओलीको नजर
नेकपा एमालेभित्रको विवाद फुट उन्मुख भएको भनिएका बेला अध्यक्ष ओली पक्षको ध्यान संगठन बचाउने भन्दा पार्टी कार्यालय जोगाउनेतिर केन्द्रित देखिएको छ ।
लामो समय सुनसान रहेको बल्खु, मदननगरस्थित नेकपा एमालेको पुरानो कार्यालय चम्काउन थाल्नुको कारण त्यसैको संकेतका रुपमा बुझ्न सकिन्छ ।
भर्खरै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ,एमाले कार्यालय सचिव नरेन्द्र श्रेष्ठलगायत २५/३० जनाको टोली पार्टी कार्यलय सरसफाइमा जुटेको छ । मन्त्री श्रेष्ठका साथै प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल,प्रदेश नं ५ का मुख्यमन्त्री शंखर पोख्रेल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई पनि बल्खु कार्यालय पुगेका छन् ।
तत्कालीन नेकपा विभाजित हुँदा धुम्बाराहीलगायत देशैभरका एमाले कार्यालयमा एकछत्र गरेको ओली पक्षले अबको विभाजनमा पनि पार्टीको सम्पत्ति नछोड्ने संकेत दिएको हो ।
टिप्पणीहरू