डा. गोविन्द केसी बोल्न लागे

डा. गोविन्द केसी बोल्न लागे

झापास्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिएको विरोधमा आन्दोलन घोषणा गरेका सामाजिक अभियन्ता डा. गोविन्द केसीले आज पत्रकार सम्मेलन गर्दैछन् ।

अहिले साँझ साढे ५ बजे शिल्पी थिएटर, बत्तीसपुतलीमा पत्रकार सम्मेलन हुने बताइएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले चिकित्सा शिक्षा ऐन र नियमावलीको उल्लंघन गरेर उक्त मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै केसीले यसअघि नै आन्दोलन घोषणा गरेका थिए ।

प्रधानमन्त्री ओलीकै निर्देशनमा चिकित्सा शिक्षाको व्यापारीकरण भैरहेको उनको आरोप छ ।

टिप्पणीहरू