झा दम्पतिको खोजीका लागि प्रदर्शन
महोत्तरीको पिपरा-५ सोहर्वाबाट हराएका मुसाफिर झा र गीता झाको खोजीको माग गर्दै आज प्रदर्शन भएको छ ।
फागुन १० गते रातिदेखि हराएका झा दम्पतिको खोजीको माग गर्दै मधेशी राष्ट्रिय ईन्जिनियरिङ संघ,बुद्धिजीवी समाजलगायत विभिन्न संघ-संस्थाले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा मधेशी बुद्धिजीवी समाजका अध्यक्ष चन्द्रमोहन झा, मैथली ब्राह्मण महासभा नेपालका उपाध्यक्ष अन्जला झा,राष्ट्रिय ईन्जिनियर संघका महासचिव दिपेन्द्र साह,सहोडवा समाज काठमाडौँका अध्यक्ष विशिष्ट नारायण मिश्रलगायतको सहभागिता रहेको थियो ।
प्रदर्शनकारीले हराएकाहरुको स्थिति सार्बजनिक गरी संलग्न दोषीहरुलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । उनीहरुले ‘अपहरणकारीलाई कारवाही होस्’, ‘पीडितलाई न्याय देऊ’, झा दम्पत्ति खोजीका लागि सीआइबीबाट जाँच गरियोस्’, लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
टिप्पणीहरू