‘राम्रो आफ्नो,नराम्रो अर्काको’ भन्नु नै ओली प्रवृत्ति : माधव नेपाल

‘राम्रो आफ्नो,नराम्रो अर्काको’ भन्नु नै ओली प्रवृत्ति : माधव नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राम्रा र असल काम जतिको जश आफूले लिने र बिग्रे भत्केको सबै अर्काको थाप्लोमा हाल्ने व्यवहारलाई ओली प्रवृत्ति भन्नुभएको छ ।

उहाँले सानेपास्थित हेरिटेज गार्डेनमा आजदेखि शुरु भएको पार्टीको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी अगुवा कार्यकर्ताको छुट्टै भेलालाई भर्खरै सम्बोधन गर्ने क्रममा सुखी नेपाली,समृद्ध नेपालको कन्सेप्ट र कार्यक्रम एमालेको नवौं महाधिवेशनको राजनैतिक प्रतिवेदन र कार्यक्रममा उल्लेख गरिएको आर्थिक समृद्धिको ‘रोड म्याप’ भएको बताउँदै उक्त कुरा उल्लेख गर्नुभएको हो ।

विशुद्ध अगुवा कार्यकर्ताहरुबीच पार्टीको आगामी कार्यभारबारे सम्बोधन गर्दै नेपालले भन्नुभयो- ‘सबैको सल्लाह,छलफल र अध्यनबाट निकालिएको निश्कर्षपछि सुखी नेपाली,समृद्ध नेपालको रोडम्यापको नारा तय गरिएको हो ।

तर अहिले उहाँले उक्त विषयलाई पार्टीको नभई आफ्नो पेवा बनाउनुभएको छ । कहिँ कतै पनि उक्त नारा महाधिवेशनले पारित गरेको हो भनेर आजसम्म बताउनुभएको छैन ।’

टिप्पणीहरू