साइबर स्याल अझै जिउँदै रहेछ !

साइबर स्याल अझै जिउँदै रहेछ !

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षले आफूहरुको आजको कार्यक्रम बिथोल्न खोजे पनि सफल नभएको बताउनुभएको छ । एमालेको नेपाल–खनाल पक्षले आज गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताउनुभएको हो ।

उहाँले योगेश भट्टराईको नक्कली हस्ताक्षर गरेर ओली समूहले भेला स्थगितको दुष्प्रचार गरेको बताउनुभयो । ‘यस्तो हर्कत साइबर स्यालहरुले मात्र गर्छन् । साइबर स्यालहरु अझै पनि बाँचेका रैछन्,’ उहाँले भन्नुभयो, ‘नेकपाको एकता भङ्ग भएर एमालेले पुनर्जीवन पाएपछि पनि साइबर स्याल जीवितै रहेछ । यिनले भोलि हाम्रो छलफलमा मारामारी चल्यो भनेर समेत प्रचार गर्न सक्छन् हेर्नुहोला ।’

ओलीकै कारण नेकपाको एकता ध्वस्त भएको आरोप लगाउँदै नेपालले प्रधानमन्त्री अब एमाले फुटाउन लागिरहेको बताउनुभयो । ओलीका कारण निराशा र अन्यौलमा रहेका कार्यकर्तालाई सहि दिशा दिन आफूहरुले भेला आयोजना गरेको समेत उहाँले बताउनुभयो ।

टिप्पणीहरू