सानेपा र बालुवाटारको यो कस्तो संयोग !

सानेपा र बालुवाटारको यो कस्तो संयोग !

नेकपा एमालेको एउटा पक्षले सानेपामा गरिरहेको राष्ट्रिय कार्यकर्ता भेलामा सामेल हुन दिइएको निम्तो टार्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चलाखीपूर्वक भोलि ११ बजे अर्को कार्यक्रम जुधाईदिनुभएको छ ।

भोलिको ११ बजे अगावै सानेपामा चलिरहेको भेलाको समानान्तर हुने गरी कार्यक्रम राख्नुभएका प्रधानमन्त्रीलाई पुनः प्रमुख अतिथिको भूमिका निभाउन आग्रह गरिएको छ । तर, उहाँले कार्यव्यस्तताको कारण आफू आउन नसक्ने जानकारी गराउनुभएको बताइन्छ ।

“सानेपामा भएको कार्यक्रममा पनि एमालेकै ब्यानर टाँगिएको छ । भेलाको उद्देश्य एमालेलाई थप बलियो बनाउने हो,फुटाउने होइन भनिएको छ ।”

उता,बालुवाटारमा भोलि नै ११ बजे सानेपाको कार्यक्रमसँग जुधाएर संसदीय दलको बैठक बोलाइएको छ । संसदीय दलको बैठक संसद चलेको बेला कुनै विशेष र जरुरी निर्णय गर्नुपरेको अवस्थामा डाकिन्छ । त्यस्तो बेला सामान्यतया १ बजे संसदको बैठक शुरु हुनु छ भने पहिलो सत्र अगाडि ११ बजेतिर संसदीय दलको बैठक राख्ने प्रचलन छ । तर, भोलि त संसदमा त्यस्तो केही बिजनेस पनि देखिँदैन । बरु बैठक पर्सि हुने भनिएको छ ।

उहाँले नै मंगलबार बालुवाटारमा बोल्दै दुई दिन सानेपातिर जाने होइन है ! भन्नुभएको थियो ।

यता, पार्टीमा अर्को पक्षको दुई दिनको भेला आजदेखि शुरु भएको जगजाहेर छ । प्रधानमन्त्रीलाई पनि थाहा नहुने कुरै भएन । उहाँले नै मंगलबार बालुवाटारमा बोल्दै दुई दिन सानेपातिर जाने होइन है ! भन्नुभएको थियो । अर्घेल्याईं गरेर भोलि बिहान ११ बजे बोलाइएको संसदीय दलको बैठकमा यताको पक्षले पनि प्रधानमन्त्रीको शव्द सापटी लिएर ‘कार्यव्यस्तताको कारण सामेल नहुने’ निधो गरेको छ ।

सानेपामा भएको कार्यक्रममा पनि एमालेकै ब्यानर टाँगिएको छ । भेलाको उद्देश्य एमालेलाई थप बलियो बनाउने हो,फुटाउने होइन भनिएको छ । सर्वोच्चको फागुन २३ गतेको फैसलाले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्क भनेकाले प्रधानमन्त्रीझैँ सानेपामा कार्यक्रम गर्नेहरू पनि नेकपाबाटै एमालेमा गएका हुन् । त्यसैले कार्यकर्ता भेलामा उपस्थित हुनेहरू भन्छन् ‘प्रधानमन्त्री तथा अध्यक्ष पनि फैसलाबमोजिम एमालेमा फर्कनुपर्छ,कमिटी पद्दतिअनुसार चल्नुपर्छ । व्यक्तिगत सोच र धारणाबाट चल्न पाईंदैन । सर्वोच्चको फैसलाअनुसार सबै जना चल्नुपर्छ । हामीले पनि फैसला मान्नुपर्छ । प्रधानमन्त्रीले पनि सबैलाई बराबरी ठान्नुपर्छ ।’

कार्यकर्ता भेलामा उपस्थित हुनेहरूले प्रधानमन्त्रीलाई ‘तपाईं सर्वोच्चको फैसला मान्न कत्तिको तयार हुनुहुन्छ ? हामीचाँहि तयार छौं’ भनेको पनि सुनियो । सहभागीहरूको धारणा छ ‘हामीले कमिटी प्रणालीअनुसार चल्नुपर्छ भनेका छौं । हामीले केहीपनि तलमाथि गरेका छैनौं । कसैको जिम्मेवारी हेरफेर गरेका छैनौं । बरु एमालेलाई अझ बलियो बनाउन एमालेकै ब्यानरमा कार्यक्रम गरिरहेका छौं ।’ कार्यक्रमको सन्देश पनि त्यहि देखिन्छ ।

सहभागीहरूका अनुसार कार्यकर्ता भेलामा भुईं तहका कार्यकर्ताको सहभागिता अधिक छ । वर्षौंदेखि पेलिएका,हेपिएका कार्यकर्ता, दूरदराजका शिक्षकहरू,पेशागत र बुद्धिजीवी फाँटका पनि तल्लो इकाइका कार्यकर्ताहरू,सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा लागेर दर्जनौं भोटो फटाएकाहरू निकै सक्रियताका साथ सहभागी भएको दखिन्छ । उनीहरू सबैले दृढताकासाथ बालुवाटारको कारबाही सहन तयार रहेको प्रतिक्रिया दिनुले पनि कार्यकर्ता भेला आयोजक पक्षलाई हौस्याएको छ ।

उनीहरू भन्छन् ‘हामी यता वर्षौंदेखि हेपिएकाहरू भेला भएका छौं । वर्षौंदेखि ढुंगा,गिटी, बालुवा र क्रसरको धन्दा चलाउनेहरू उता छन् । इमान्दार र पुराना मान्छेहरू यता छौं,नयाँ र सुटरबुटर उता छन् ।’

हुनपनि एमालेको सुरुवाती समय अर्थात् झापा संघर्षकालका र कोअर्डिनेशनका गनेर दुई जना बाहेक अरु सबै सानेपामा देखिए । स्वार्थ कम,वाद बढी भएका नेता तथा कार्यकर्ताले माधव–झलनाथ समूहलाई नै रोजेको देखियो । उनीहरूको सहभागितामा भेला भोलि पनि निरन्तर जारी छ ।

यसले मूलतः केपी ओलीलाई विधि र पद्धतिमा हिँड्न अझै पनि अन्तिम पटक आग्रह गरिरहेको छ । हामी विगतमाझैँ एकताबद्ध बनौं भनिरहेका छौँ । तर,सुन्नेले नसुनेपछि बोल्नेले कहिलेम्म बोलिरहन्छ ? सायद त्यसको पनि कुनै दिन आउला भन्ने आशामा सानेपामा एमालेको जमात अघि बढिरहेको छ ।

टिप्पणीहरू