एमालेको विवाद क्रमशः विभाजनतर्फ

एमालेको विवाद क्रमशः विभाजनतर्फ

एमालेको झलनाथ खनाल तथा माधव नेपाल समूहले सानेपास्थित हेरिटेज गार्डेनमा हिजोदेखि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा अल्पसमयको सूचनाका वावजुद नसोचेको संख्यामा सहभागीहरुको उपस्थितिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ रणनीति तय गर्न बाध्य बनाएको छ ।

त्यसलाई असर पार्न बालुवाटारमा अहिले बिहान बोलाइएको संसदीय दलको बैठकको काउण्टर दिँदै माधव पक्षले सानेपामा बिहान १० बजे नै सांसदहरुको बैठक बोलाएको छ भने बालुवाटारमा आज अनुपस्थित हुनेलाई सबैतिर असर पार्ने संकेतस्वरुप स्पष्टिकरण सोध्ने तयारी छ ।

हिजो सानेपामा प्रस्तुत अवधारणापत्रमा ओलीलाई राजीनामा दिएर कार्यवाहक अध्यक्ष तोक्न भनिएकै थिएन तर बालुवाटारलाई उत्तेजक रिपोर्टिङ गरेर स्थिति भड्काउन खोजिएको एक पक्षको गुनासो छ । स्थिति यसरी क्रमशः विभाजनतर्फ उन्मुख हुँदै गरेको बताइन्छ ।

उता,नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ले केन्द्रीय समिति बैठक बोलाएको छ। पेरिसडाँडामा अहिले बिहान ९ बजेदेखि बैठक शुरु भएको बताइएको छ।

बैठकमा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा, सचिव सुवित ढुंगानालगायतका नेताहरु सहभागी छन् । सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरी माओवादी केन्द्र ब्युँताइदिएपछि वाइसिएलको पहिलो बैठक बसेको हो।

टिप्पणीहरू