यस्तै हो त देउवाको डर ?
दक्षिणतर्फको ग्रिन सिग्नल नआएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सत्ताको नयाँ समीकरणबारे पछिल्लो केहि दिनदेखि मौन प्रायः बस्नुभएको बताइन्छ ।
प्रधानमन्त्री बन्न खुट्टा उचालिसक्नुभएका उहाँलाई आन्तरिक रुपमा प्रतिस्पर्धी देखिएका महामन्त्री सशांक कोइरालाहरूले विभिन्न च्यानलबाट कुरा पुर्याएर भएपनि ‘उताबाट’ राम्रै प्रेसर हालेको देउवा पक्षको बुझाई छ ।
भदौमा हुने काँग्रेसको महाधिवेशन अगावै देउवालाई प्रधानमन्त्री बनाउँदा त्यसपछि पार्टीभित्रका उनी विरोधी सबैले बिदा लिनुपर्ने भन्दै हारगुहार गरेपछि देउवामाथि नजानिँदो किसिमले दबाब परेको हो ।
काँग्रेसका एकथरिले भने प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा गएर बहुमत ल्याई पाँच वर्ष ढुक्कले शासन सञ्चालन गर्न दिएको सुझाव र मन्त्रणाको पछि लागेकाले उनी चुप बसेको बताएका छन् । प्रचण्ड र मधेशवादी दलसँग मिलेर सरकार बनाई भोलि निर्वाचनमा जाँदा मधेशमा काँग्रेस सखाप हुने निश्कर्ष दक्षिणको रहेको भनेर देउवालाई सुनाइएको छ । ‘चीन निकटस्थ’ भनेर बिल्ला लगाइएका प्रचण्डसँग मिल्नु घातक हुने भारतीय पक्षको बुझाई रहेको संकेत पनि दिइएको छ ।
काँग्रेसको महाधिवेशनमा फेरि पनि देउवालाई सभापति र सशांकलाई महासचिव बनाउने योजना बनाइएको छ । विमलेन्द्रलाई भने देउवा आफैंले रोक्ने कसरत गरिरहेका छन् ।
त्यहि डर थाहा पाएपछि प्रधानमन्त्रीले शीतल निवासमा चियापानको कार्यक्रम आयोजना गर्न लगाएर राष्ट्रपतिको मुखबाट निर्वाचनको कुरा व्यक्त गर्न लगाइएको रहस्य खुलेको चर्चा छ।
टिप्पणीहरू