‘मैले खाएको छैन’ : डीआईजी पन्त

‘मैले खाएको छैन’ : डीआईजी पन्त

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार पन्तले स्थानीय विरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका खोलानालामा लगाइएको गिटी, बालुवा र क्रसर उद्योगका कुनैपनि ठेक्का, पट्टामा आफ्नो संलग्नता नभएको बताउनुभएको छ ।

बुधबार जनआस्था डटकममा प्रकाशित ‘खोलाबाट डिआईजीको खान्की’ शीर्षक समाचारप्रति असहमती जनाउँदै पन्तले ध्यानाकर्षण गराउनुभएको हो ।

ध्यानाकर्षणमा उहाँले ‘नगरपालिकाले गर्ने कुनैपनि ठेक्का, पट्टा वा अन्य कामकारबाहीमा मेरो कुनै संलग्नता नहुने र मेरो कार्यक्षेत्र पनि नपर्ने व्यहोरा जानकारी गराउँदै हुँदै नभएको विषयमा प्रकाशित समाचारलाई खण्डन गरिदिन’ अनुरोध गर्नुभएको छ ।

टिप्पणीहरू