त्रिचन्द्रमा पढ्नेलाई निःशुल्क छात्रवृत्ति

त्रिचन्द्रमा पढ्नेलाई निःशुल्क छात्रवृत्ति

त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघरले २०७३ र २०७४ मा भर्ना भएका विद्यार्थीहरूमध्ये तोकिएको संख्यामा निःशुल्क छात्रवृत्ति दिने भएको छ ।

क्याम्पसले चैत १२ गते प्रकाशित गरेको सूचनामा बीएस्सी चार वर्षे, बीए तीन वर्षे कार्यक्रममा भर्ना भई अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्तिको निम्ति आवेदन दिन भनेको छ ।

चैत १२ देखि बैशाख १२ गतेसम्म आवेदन बुझाउन अनुरोध गर्दै क्याम्पसले परिचयपत्रलगायतका आठ थरी कागजात पेश गर्नुपर्ने बताएको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये छात्रवृत्ति पाउन सामुदायिक तथा सरकारी विद्यालयबाट एसएलसी र प्रवीणता प्रमाणपत्र तह पास गरेको हुनुपर्छ ।

आरक्षण कोटामा छात्रवृत्तिको लागि आवेदन गर्ने विद्यार्थीहरूले आरक्षणको निम्ति आवश्यक कागजात पेश गर्नुपर्नेछ भने भर्नाको समयमा छात्रवृत्ति पाएकाले उक्त सुविधा नपाउने क्याम्पसले स्पष्ट पारेको छ ।

टिप्पणीहरू